अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने प्रतिवद्धता

सिड्नी – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिबार गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो-‘अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ ।’
प्रभानमन्त्री मोरिसनले भन्नुभयो- ‘खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो ।’
‘अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नुपर्नेछ,’ उहाँले थप्नुभयो ।
सबैभन्दा बढी प्रभावित भिक्टोरियाका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा
विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ ।
शनिबार दिउँसोसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या १७ रहेको छ ।
महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ ।
यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु सङ्ख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९.८ प्रतिशत व्यक्तिको मृत्यु भएपछि भिक्टोरिया राज्यका स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा शनिबार राजिनामाको घोषणा गर्नुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...