संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले आज आईतबार व्यवस्थापिका–संसदमा सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले साँझ ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विसं २०७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचि हुनुभएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लाग्नु भएको हो । व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनुभएको थियो ।
नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले जानकारी दिनुभएको छ । रावलले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पुर्याएको भौतिक क्षतिको पुन:निर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने बताउनुभयो ।
उपप्रधानमन्त्री रावलले आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्थास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने जानकारी दिनुभयो । यसअघि सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...