संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले आज आईतबार व्यवस्थापिका–संसदमा सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले साँझ ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नुहुने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विसं २०७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचि हुनुभएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो । राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लाग्नु भएको हो । व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनुभएको थियो ।
नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले जानकारी दिनुभएको छ । रावलले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पुर्याएको भौतिक क्षतिको पुन:निर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने बताउनुभयो ।
उपप्रधानमन्त्री रावलले आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्थास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने जानकारी दिनुभयो । यसअघि सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...