आधा भन्दा बढी संक्रमित उपत्यकामै

काठमाडौं – पछिल्लो एक महिनादेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।
आइतबार मात्रै देशभरका संक्रमितमध्ये ५३ दशमलव ३ प्रतिशत उपत्यकामा मात्र रहेको पाइएको छ ।
आइतबार नयाँ संक्रमित १५ सय ७३ रहेकोमा उपत्यकामा ८ सय ३७ जना छन् ।
यसअघि पनि दैनिक कुल संक्रमितमध्ये उपत्यकामा ५० प्रतिशतको हाराहारीमा संक्रमित हुने गरेका थिए ।
उपत्यका बाहिर सबैभन्दा बढी मोरङमा १ सय ५२, चितवनमा ८३, सुर्खेतमा ७६ र कैलालीमा ५६ जना संक्रमित छन् ।
तथ्यांकअनुसार शनिबार उपत्यकामा ७ सय २४ जना र शुक्रबार ५ सय ५५ जना संक्रमित थिए ।
उपत्यकासहित आइतबार १५ सय ७३ जना नयाँ संक्रमित थप भएका हुन् ।
थपसहित नेपालमा कुल संक्रमित संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।
तीमध्ये ४ सय ७७ जनाको मृत्यु भएको छ ।
आइतबार थप १० जनाको मृत्यु भएको हो।
कुल संक्रमितमध्येमा शून्य दशमलव ६५ प्रतिशतको मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन् ।
हाल देशभरिमा १९ हजार १९ जना संक्रमित छन् ।
त्यसमा गम्भीर समस्या भएका २ सय २५ जनाको आइसियु र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
उपत्यकाबाहिर बढी संक्रमणको जोखिममा रहेका जिल्लामा मोरङ, रुपन्देही, चितवन र सुर्खेत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...