ओबीसीआईलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि औषधी खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओबीसीआई प्राइभेट लिमिटेडलाई कालोसूचीमा नराख्न सर्वोच्चले अन्तरिम आदेश दिएको सर्वोच्चबाट थाहा भएको छ ।
आफ्नो गल्ती नभए पनि सरकारले आफूलाई कालोसूचीमा राख्ने कार्य गरेको उल्लेख गर्दै ओबीसीआई प्रालिका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।
सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न औषधीजन्य सामग्री खरिद गर्न ओबीसीआई ग्रुपलाई जिम्मेवारी दिएको थियो । सो कार्य तीन चरणमा गर्ने गरी सम्झौता भएको थियो ।
पहिलो चरणमा भनेजति सामग्री नल्याएको र अर्कोपटक सम्झौताबमोजिमको सामग्री ल्याउन आनाकानी गरेको उल्लेख गर्दै सरकारले ओबीसीआईलाई कालोसूचीमा राख्ने कार्य अगाडि बढाएको थियो ।
सरकारले ओबीसीआईले धरौटीबापत राखेको १५ लाख अमेरिकी डलर पनि जफत गरेको छ । साथै सम्झौताबमोजिमको कार्य नभएको उल्लेख गर्दै सरकारले सार्वजनिक खरिद अनुगमन कार्यालयले सो कम्पनीलाई कालोसूचीमा राख्ने कार्य अगाडि बढाएको थियो ।
ओबीसीआईले दायर गरेको रिट निवेदनमा सम्झौताबमोजिमको सामान खरिद गर्नका लागि सरकारसँग जहाज माग गर्दा उपलब्ध नगरेको दाबी गरेको छ । सरकारले नै जहाज उपलब्ध नगर्दा आफूले भनेको समयमा औषधीजन्य सामग्री खरिद गरी ल्याउन नसकेको उल्लेख गरिएको छ ।
रिट निवेदकहरूका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की र सतीषकृष्ण खरेलले सरकारले गैरकानुनीरूपमा ओबीसीआईलाई कालोसूचीमा राख्ने कार्य गरेको उल्लेख गर्नुभएको थियो ।
ओबीसीआईले निर्धारित समयमा तोकिएको सामग्री नल्याएको उल्लेख गर्दै त्यसको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । नेपाली सेनालाई दिने कार्य पनि विवादित बनेको थियो ।
सर्वोच्चले ओबीसीआईलाई कालोसूचीमा राख्ने कार्य अगाडि बढाउनुको कारण पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । त्यस्तो कारण १५ दिनभित्र पेस गर्न सर्वोच्चले सरकारलाई भनेको छ । रिट निवेदनमा सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतलाई विपक्षी बनाइएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



