थप एक हजार ५५९ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोनाभाइरसका एक हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार २०५ वटा नमूना परीक्षण गरिएको छ । योसँगै नेपालमा दशलाख २१ हजार ५०३ पुगको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । कुल संक्रमित २८.८५ प्रतिशत पुगेको छ

पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५६ हजार४२८ जना सङ्क्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ७२.५१ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा २० हजार ८९१ जनामा र क्वारेन्टाइनमा पाँचहजार ४२८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । याेसँगै मृत्युदर शुन्य दशमलब ६४ पुगेको छ ।