ट्रेन्डसेटर्सको प्रोफाइल पिक्चर योजना सार्वजनिक

काठमाडौं— सौन्दर्य सेवाका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको सुन्धारा सिटिसीमलस्थित ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी स्टुडियोले नयाँ वर्षको प्रारम्भसँगै उपभोक्ता हितका विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । ट्रेन्डसेटर्सले अन्तर्राष्ट्रियस्तरका सौन्दर्यविदसँगको अपोइन्टमेन्टका साथमा अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट सौन्दर्य प्रशाधक उत्पादनबाट सेवा प्रदान गरिरहेको छ ।
नयाँ वर्षको प्रारम्भसँगै उपभोक्तामैत्री स्कीम तथा प्याकेजहरु पनि ट्रेन्डसेटर्सले प्रारम्भ गरेको छ । ‘फेसबुक अथवा ट्विटरको प्रोफाइल पिक्चर चेन्ज गरौं, प्रशस्त उपहार जितौं’ भन्ने अभियान अन्तर्गत विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
http://bit.do/trendsetters लिंकमा गएर प्रोफाइल पिक्चर चेन्ज गर्ने मध्येबाट छनोटमा पर्न सफल ५० जना विजेताले ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी स्टुडियोको नगद १ हजार २ सय रुपैयाँ (१,२०० रुपैयाँ) नगद भौचर हासिल गर्नेछन् । उपभोक्ताले उक्त रकम बराबरको सर्भिस उपहारको रुपमा प्राप्त गर्नेछन् । यो अभियानमा सहभागिता जनाउने फेसबुक तथा ट्वीटर प्रयोगकर्ताहरुमध्ये २ जनालाई स्मार्ट फोनको व्यवस्था गरिएको छ । त्यस्तै बम्पर उपहारको रुपमा थप तीनजनालाई स्मार्ट फोन प्रदान गरिनेछ । साथै छनौटमा पर्न सफल २० जनालाई चर्चित सेलिब्रेटीका साथ डिनरमा सहभागी गराइनेछ ।
ट्रेन्डसेटर्सले आफ्ना उपभोक्तालाई सुलभ मुल्यमा सेवा प्रदान गर्नलाई विशेष प्याकेज पनि सार्वजनिक गरेको छ । सौन्दर्यप्रति सचेत महिलाहरुका निम्ती १ सय ९९ रुपैयाँ देखि ३ हजार ४ सय ९९ रुपैयाँसम्मका प्याकेज तथा पुरुषहरुका निम्ती ९९ रुपैयाँ देखि ३ हजार ४ सय ९९ रुपैयाँसम्मका प्याकेजहरुको व्यवस्था गरिएको छ । उपभोक्ताले अन्य समयमा सेवा लिँदा आउने शुल्कभन्दा यो प्याकेजमा ५० प्रतिशत हाराहारी छुट प्रदान गरेको छ ।
यसैबीच एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई फुर्सदको समयमा सौन्दर्य सम्बन्धी ज्ञान प्रदान गर्नलाई ट्रेन्डसेटर्स हेयर एन्ड ब्युटी एकेडेमी एन्ड रिसर्च सेन्टरले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ । यो वर्ष एसएलसी परीक्षामा सहभागी भएको प्रवेशपत्रका आउने विद्यार्थीमध्येबाट १ छात्र तथा १ छात्रालाई पुर्ण छात्रवृत्ति दिइने बताइएको छ । एसएलसी दिएका अन्य विद्यार्थीलाई तालिमका लागि ५० प्रतिशत छुट प्रदान गरिएको छ । यस्तै यो कार्यक्रम अन्तर्गत एसएलसी दिएका विद्यार्थीलाई सौन्दर्य सेवामा समेत ५० प्रतिशत छुट प्रदान गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...