२७२२ नयाँ सङ्क्रमित, ३३०७ जना संक्रमणमुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका दुई हजार ७२२ थपिएका छन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा हाल नेपालमा २१ हजार २३४ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।

थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ३०७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६० हजार ६९६ जना सङ्क्रमित निको भएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ७३.६३ प्रतिशत पुगेको छ ।

आइसोलेसनमा ८२ हजार ४५० र क्वारेन्टाइनमा चारहजार ८८५ जना रहेका छन्

पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको निधन भएको छ ।

योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

याेसँगै मृत्युदर शून्य दशमलब ६३ पुगेको छ ।