प्रधानमन्त्रीकाे सचिवालयका चार जनामा कोरोना संक्रमण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उहाँहरु चारैजनाको शुक्रबार स्वाव संकलन गरिएको थियो ।
विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।”
प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।”
त्यसैगरी परराष्ट्र मामिला विज्ञ सल्लाहकार डा. राजन भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा भर्खरै लेख्नुभएको छ, “हिजोको पीसीआर परीक्षणमा ममा कोरोना पोजेटिभ देखियो, यस बीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।”
यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...