विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

लण्डन- विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।
सङ्अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ ।
समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ ।
यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।
सङ्घको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ ।
डा.सापकोटाले कोरोना सङ्क्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गर्नुभएको छ ।
उहाँले कोरोना सङ्क्रमणको आशङ्का लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...