दुई हजार ४४० थपिए, सङ्क्रमित ८९ हजार २६३ पुग्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोनाभाइरसका दुई हजार ४४० जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४४० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८९ हजार २६३ पुगेको छ ।

हाल २३ ह्जार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

जुन कुल सङ्क्रमितको करिब ७३ प्रतिशत हो ।