‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या हवात्तै बढ्यो

काठमाडौं – विदेशमा पढ्न जाने विद्यार्थीका लागि आवश्यक पर्ने अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन लेटर’ लिनेको संख्या हवात्तै बढेको छ ।
पहिलो लकडाउनमा बन्द भए पछि नो अब्जेक्सन लेटर लिन नपाएका विद्यार्थी लकडाउन खुला भए पछि धेरै मात्रमा कार्यालय आउन थालेको शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका रामेश्वर राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
बन्द खुले पछि सम्हाल्न नसकिने गरि विद्यार्थीहरु आउन थालेको उहाँले जानकारी दिनुभयो । सवै भन्दा हिजो र आज बढी विद्यार्थीको चाप देखिएको बताउनुभयो ।
खास गरि भारतमा बढ्ने जाने विद्यार्थीको इन्ट्रान्स म्याद सकिन लागेकोले उनीहरूलाई प्राथमिकतामा राखेर आज नो अब्जेक्सन लेटर दिएको राईले बताउनुभयो ।
देशै भरीबाट आवेदन दिनेको संख्या बढी र अनलाइनको सिष्टममा समस्या आए पछि आज पुरानै तरिकाले काम गरेको उहाँले बताउनुभयो ।
जापानको लागि दुई हजार भन्दा बढी विद्यार्थीले अनलाइनबाट आवेदन दिएर बसेका छन् । अष्टेलिया, यूके, कोरिया लगायतका देशका लागि विद्यार्थीले बढी आवेदन दिएको उहाँको भनाई छ ।
एकै पटक धेरैजनाको आवेदन आउनेक्रम बढेको र कार्यालयको अनलाइनको सिष्टमले पनि राम्रो काम नगरेकोले भीडभाड बढन गएको उहाँले बताउनुभयो ।
भोलि पनि अनलाइनले काम नगरे पुरानै तरिकाले काम गर्ने उहाँको भनाई छ ।
लकडाउन खुले सँगै र अन्तर्राष्ट्रिय उडान सुचारु भए संगै विदेश जानेको संख्या बढन थालेको छ ।
अध्ययनको लागि बाहिर जान नपाएका विद्यार्थीहरु अध्ययनको लागि जान सुरु गरेको गोरखापत्रले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...