नेपालमा एक हजार ५५१ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक हजार ५५१ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा एक हजार ५५१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ९० हजार ८१४ पुगेको छ ।

हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुइ हजार ३४० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ६७ हजार ५४२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

जुन कुल सङ्क्रमितको करिब ७३.३ प्रतिशत हो ।