कुल संक्रमितको संख्या ९८,६१७

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौँ- नेपालमा कोरोना भाइरसका चार हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा साे सङ्क्रमितसहित ९८ हजार ६१७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल २६ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् ।

क्वारेन्टिनमा चार हजार १६४ छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ६७५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केकाे बताएकाे छ ।

हालसम्म ७१ हजार ३४३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।