दुई हजार ७१ मा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख सात हजार ७५५ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा दुई हजार ७१ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ३१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ५५२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ७५ हजार ८०४ सङ्क्रमित निको भएर घर फर्केका छन्