चार हजार ४७ नयाँ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

संस्थागत आइसोलेसनमा १३ हजार ९२३ होम आइसोलनसनमा १९ हजार ९५७ छन् ।

क्वारेन्टाइनमा चार हजार ८३१ छन् ।

आइसीयूमा रहेर २७९ जना र भेन्टिलेटरमा ६७ संक्रमितको उपचार भइरहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

निकाे हुने दर विगतकाे तुलनामा केही दिनदेखि कम हुँदै गइरहेकाे छ ।

अहिले ६९.१२ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।