गायक रमण रेग्मीले मेसो नपाएपछि (भिडियो)

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, अशोज २६, २०७७

अष्ट्रेलियामा बसोबास गर्ने गायक रमण रेग्मी आफ्नो नयाँ ‘मेरो पा छैन…’ को म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएको छन्।

संगीतकार हरि लम्सालको शब्द, संगीत तथा संगीत संयोजनको उक्त गीतको म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका छन् ।

गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ ।

सविना कुँवर रेग्मीद्वारा निर्मित उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले अभिनय गरेका छन् ।

डि एम लिगल अष्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो ।

सानै उमेरदेखि गीत संगीत क्षेत्रमा रमाउँदै आएका गायक रेग्मीका ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने’ तथा ‘घर त लगनखेल’ गीत लोकप्रिय छन् ।