डार्बिनमा दशैतिहार शुभकामना पारिवारिक साँझ सम्पन्न

“मानबिय जीबनको उच्चतम आस्था संस्कार र संस्कृति नै हो” भन्ने संदेश सहित डार्बिनमा दशै तिहार भेटघाट तथा शुभकामना पारिवारिक साँझ – २०२० सम्पन्न भएको छ। बिगत ३ बर्ष देखि दशैं तिहारको अवसर पारेर गर्दै आयोजना हुदै आएको यस बर्षको तेश्रो कार्यक्रम पनि डार्बिनबासी नेपालीहरुले शुभकामना आदान प्रदान र हर्षउल्लाष सहित पारिबारिक बाताबरणमा मनाएका छन् ।
११ अक्टोबर बिहानै देखी डार्बिनको इस्ट पोइण्टमा शुरु भएको यस बर्षको कार्यक्रम अघिल्ला बर्षहरु भन्दा अझ बिशेष रहेको थियो । परम्परागत खादा र भाषणबाजी नगरी मिठो भेटघाट, आत्मियता, शुभकामना आदान-प्रदान, सांगीतिक मनोरन्जन र दशैको झल्को दिने बिबिध खानपानमा रमाउदै उपस्थिति सबैले अन्य कार्यक्रमहरु भन्दा पृथक अनुभब लिदै, निक्कै रमाइलो संग कार्यक्रममा सहभागी बनेको डार्बिनबाट कृष रानाभाटले बताए। रानाभाटका अनुसार नेपालमा जस्तै साथीभाइ, छरछिमेक आफ्नतजनहरु संग एकआपसमा मिलेर रमाईलो गर्ने संस्कृति सहितको यो कार्यक्रम अब डार्बिनमा पनि नेपालीहरुको लागि एउटा सिग्नेचर कार्यक्रम बन्न सफल भएकोमा सबैले प्रसन्नता व्यक्त गरेका थिए । बिभिन्न उमेर समुहका डार्बिनबासी नेपालीहरु को बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सांगीतिक माहोलको बिषेश रौनकता, बिबिध प्रस्तुतिहरु र गतिबिधि सहित सम्पन्न भएको थियो।

ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...