आजदेखि दशैं प्रारम्भ, पहिलो दिन घटस्थापना

काठमाडौं – हिन्दू नेपालीहरुको महत्वपूर्ण पर्व वडा दसैं आज (शनिबार) देखि प्रारम्भ भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ वडा दसैं पर्व मनाइन्छ।
वडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
आज घटस्थापना गर्ने शुभसाइत बिहान ११ बजेर ४६ मा रहेको पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।
यस वर्ष शुभसाइतमा हनुमानढोका दरबारमा रहेको दसैं घरमा घटस्थापना गरिने भएको छ ।
दसैंमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजाआराधना गरिन्छ ।
बिहान नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा विधिपूर्पक राखेर त्यसमा जौ, धान र मकै छरेर जमरा राख्ने गरिन्छ ।
यस वर्ष कोभिड–१९ महामारीका कारण दसैंमा विगत वर्ष जस्तो रौनक र उत्साह छैन ।
सरकारले पनि दसैंको नाममा धेरै जमघट नगर्न र एकाघरका सदस्य मात्रै एक ठाउँमा बसेर दसैं मनाउन आग्रह गर्दै आएको छ ।
दसैंमा धेरै आवतजावत नगर्न र यस वर्ष जो जुन ठाउँमा छ त्यही बसेर दसैं मनाउन पनि नागरिकलाई आग्रह गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



