क्योकुशिन सेइसिन काईकान कराँते संघले दशैंको शुभकामनासंगै दियो विद्यालय पोशाक

भक्तपुर- नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा आज घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो ।
विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको ।
उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
समारोहमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघ तथा नेप्लिज फेसन होमको संयुक्त पहलमा मायाको चिनोको रुपमा सहभागि खेलाडीहरुलाई सदस्य सचिव सिलवालको हातबाट विद्यालय पोशाक तथा स्टेशनरी हस्तान्तरण गरिएको थियो ।
यसका साथै प्रमोशन भएका प्रशिक्षक तथा खेलाडीहरुलाई सदस्य सचिवले वधाइ ज्ञापन गर्नु भएको थियो ।
भक्तपुर डोजो, आशापुरीका डोजो प्रमुख हर्कबहादुर तामाङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिहरु वर्ल्ड क्योकुशिन काईकान कराँतका उपाध्यक्ष तथा नेपालका केन्द्रिय अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, मिस नेवास् ११३९ नीतु डंगोल, सूर्य बिनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष किरण थापा तथा अतिथिहरु संघका महासचिव प्रशिक्षक प्रविण बस्नेत, आशापुरेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष टुल्कु लामा, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक राजु बस्नेतद्वारा शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।
समारोहमा सूर्य बिनायक नपा वडा नं ८ का वडा सदस्य अजयकुमार तामाङ, वडा सदस्य धर्मराज बस्नेत, संघका केन्द्रिय सदस्य राजेन्द्र थापा, काठमाडौं जिल्ला संघ अध्यक्ष प्रशिक्षक राजकृष्ण श्रेष्ठ, ललितपुर डोजो प्रमुख राजु तामाङ, बौद्ध डोजो प्रमुख बुद्ध तामाङ, भैंसेपाटी डोजो प्रमुख गोपाल भुजेल, मुलपानी डोजो प्रमुख श्याम लामा, भक्तपुर डोजो प्रमुख जेनकुमार तामाङ, प्रशिक्षक विजयकुमार तामाङ, टग अफ वारका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई तथा समाजसेवीहरु गोविन्दबहादुर अधिकारी, ठूलो कान्छा तामाङको पनि विशेष उपस्थिति रहेको थियो ।
समारोह मिस नेवा: प्रजिता श्रेष्ठ तथा प्रशिक्षक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



