२४ घण्टामा थपिए ३०९३ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोना भाइरसका तीन हजार ९३ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उक्त संख्यामा सङ्क्रमित थपिएका हुन् ।

उक्त संख्यामा संक्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३९ हजार १२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

उपचारका लागि होमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।