डा. भट्टराई जसपा संघीय परिषद्को अध्यक्षमा नियुक्त

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई नियुक्त भएका छन् ।
जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने गरी विधान पनि पारित भएको छ ।
जसपा कार्यकारिणी समितिका सदस्य मनिष सुमनले परिषद् अध्यक्षसहित बैठकले केन्द्रीय विधान एवं नियमावली संशोधन गर्दै केन्द्रीय समितिसमेत घोषणा गरेको छ ।
यसअघि ७ सय १ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था भए पनि त्यसलाई संशोधन गर्दै ७ सय ७९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरिएको छ ।
यसैगरी, बैठकले आठ केन्द्रीय निकाय र २९ वटा केन्द्रीय विभागका प्रमुखसमेत चयन गरेको छ ।
प्रदेश, जिल्ला, स्थानीय तह, भ्रातृ संगठनलगायतका सांगठनिक एकतालाई समेत छिटै टुंगो लगाउने निर्णय भएको छ ।
बैठकले संघीय सांसद रेशम चौधरीको रिहाइका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको सुमनले बताए ।
अन्य आवश्यक निर्णय गर्ने अधिकारी अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलाई दिइएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका बीचमा एकीकरण भई गत १० वैशाखमा जसपाको घोषणा भएको हो । जसपामा पदाधिकारी चयनका साथै जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन् ।
शीर्ष नेताहरूकै बीचमा सहमति जुट्न नसक्दा महत्वपूर्ण काम अझै टुंगो लाग्न बाँकी रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...