राष्ट्रपतिबाट ऐतिहासिक रानीपोखरीको उद्घाटन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी तथा दरवार हाइस्कूलको बुधबार उदघाटन गर्नु भएको छ ।
२०७२ वैशाख १२ को भुकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरी तथा दरवार हाईस्कूलको पुनःनिर्माण गरिएको हो ।
राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभएको थियो ।
करिब २८ करोड रुपैयाँको लागतमा ऐतिहासिक रानीपोखरी तथा बालगोपालेश्वर मन्दिरको पुरानै कला शैलीमा निर्माण गरिएको हो ।
उदघाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘आजैका दिन रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनर्निर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय छ । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याएको छ’ भन्नु भयो ।
विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधि प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति राष्ट्रपति भण्डारीले आभार व्यक्त गर्नुभयो ।
‘मलाई आशा छ, सम्पूर्ण भौतिक एवं शैक्षिक पूर्वाधारले सुसज्जित यस विद्यालयले नेपालको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरको मानक कायम राख्न सफल हुनेछ’ उहाँले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो—‘पुनर्निर्माण गरिएको यस ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गर्ने यो कार्यक्रम राखेकोमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
भूकम्प पश्चातको पुनर्निर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगतको निम्ति प्रेरक बन्न सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
ऐतिहासिक संरचनाहरूको पुनर्निर्माणमा खटिनु भएका र सहयोग पुर्याउनु हुने सबैमा उिहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी वृहत्तर गुरुयोजना तयार पारेको छ ।
भूकम्पबाट क्षतिग्रस्त बाँकी संरचनाहरूको पुनर्निर्माण पनि योजनावद्ध रूपमा छिट्टै सम्पन्न हुने विश्वास उहाँले गर्नुभयो ।
राष्ट्रपति भण्डारीले रानीपोखरी परिसरमा निर्माण गरिएको ताम्रपत्रको अनावरण गर्नुभयो ।
उहाँले विभिन्न जलासय तथा तीर्थस्थलबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गर्नु भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री, सरकारका मन्त्री लगायतले विभिन्न जलकुण्डबाट ल्याइएको जल रानी पोखरीमा अर्पण गर्नु भएको थियो ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओलीले बालगोपालेश्वर मन्दिरको परिक्रमा तथा पूजा गर्नुभयो ।
उक्त मन्दिर भाइटिकाको दिन मात्र खुला हुन्छ ।
२०७२ भुकम्प पश्चात मन्दिर प्रवेश बन्द रहेको थियो ।
यस वर्षको भाइटिकाका दिन सर्वसाधारणका लागि सो मन्दिर खुला गरिने भएको छ ।
राष्ट्रिय प्राधिकरणकाका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर निर्माणले पुरानो इतिहास जोगिएको बताउनुभयो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



