थपिए तीन हजार ६३७ जना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपालमा कोरोना भाइरसका तीन हजार ६३७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ४८ हजार ५०९ पुगेको छ ।

हाल ४४ ह्जार ८७७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।