आज फूलपाती !

काठमाडौं— नवरात्रको सातौँ दिन आज शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ ।
दारिम, कटुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ ।
हनुमानढोका दरबारस्थित दशैँघरमा आज शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ ।
त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भित्र्याउने तय भएको नेपाली सेनाको शार्दुलजंग गुल्मपति विकास शाक्यले जानकारी दिएका छन् ।
कोरोनाबाट बचाउ गर्दै थोरै कर्मचारी यो समारोहमा सहभागी हुँदैछन् ।
अमालकोट कचहरी कार्यालयको तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ ।
यसैबीच वर्षको एक दिन महानवमीका दिन सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तुलजा भवानी यसपालि कोरोनाकै कारण खुल्ने छैन ।
भवानीका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार तुलजामा यो दिन साबिक पूजा भने हुन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...