२७२५ को परीक्षण गर्दा ५७० मा संक्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोना भाइरसका सङ्क्रमितको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा मात्र ५ सय ७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ ।
हाल ४० हजार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।
हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ ।
यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...