प्रवासी नेपाली मञ्च अस्ट्रेलियाकोअधिबेशन संपन्न

‘ रमेश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन ‘

प्रवासी नेपाली मञ्च (ओएनएफ)अस्ट्रेलियाको चौथो अधिवेसनले मे ८ का दिन सिड्नीमा सम्पन्न भएको छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रवासी नेपाली मञ्च इन्चार्ज विन्दा पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त अधिबेशनले रमेश पाण्डेको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ। समितिका अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष राजनकुमार बस्नेत, उपाध्यक्षहरुमा केशव जोशी, रमेश पौडेल र राम रानाभाट सर्वसम्मत हुनुहुन्छ भने महासचिव माधव शाह, सचिव अच्युत थपलिया र कोषाध्यक्षमा राम घिमिरे निर्बाचित हुनु भएको छ । कार्यसमितिका सदस्यहरुमा हरि लामिछाने, सिके भुसाल, महेन्द्र कार्की, राजु उपाध्याय, सन्तोष दाहाल, प्रकाश पन्थी, भुवन पाण्डे, चतुर्भुज खरेल, दिपक पहाडी, रमेश थापा, हरेरामचन्द्र राउत, पूर्ण लामिछाने, गोमा मैनाली, चिन नेपाली, मधु पन्थी, दिनेश पाण्डे, राजकुमार केसी, बाबुराम पोखरेल, दिपक भट्टराई, सविता लामा, प्रकाश सेढाई हुनुहुन्छ । अधिबेशनमा जानाइ अनुसार विधानत अन्य दुई सदस्यको मनोनयन समितिले पछि गर्नेछ । नब गठित समितिलाई संस्थाको निबर्तमान अध्यक्ष डा. बिनोद श्रेष्ठले घोषणा र परिचय गराउनु भएको थियो।
दुइ दिन सम्म चलेको उक्त अधिबेशनको बन्द सत्र मे ७ का दिन सम्पन्न भएको थियो । अधिबेशनमा अस्ट्रेलिया भरि बाटै करिब २५० प्रतिनिधीहरु सहभागी भएको जानकारी गराइएको थियो । सबैका लागि खुल्ला गरिएको दोश्रो दिनको घोषणा सभामा एनआरएनएका ओसियना संयोजक महेन्द्र लम्साल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, नेपाली आदिवासी जनजति मञ्च अस्ट्रेलियाका चित्र लिम्बु, न्युरेडिपका होम पाण्डे, लिभरल फे्ण्डस् अफ नेपालका अध्यक्ष श्री नापित, लेवर फ्ण्डस् अफ नेपालका गोवा कटुवाल, जन प्रगतिशिल नेपाली मञ्चका हिमलाल गैरे, जन सम्पर्क समिति अस्ट्रेलियाका सन्तोष सिटौला लगयातले नबगठित कार्यसमितिलाई बधाई दिदै कार्य सफलताको कामना गरेका थिए। त्यस्तै प्रमुख अतिथि विन्दा पाण्डेले देशको बर्तमान परिस्थितिमा नेकपा एमालेको तर्फ बाट आफ्नो धारणा राख्दै सहभागीहरुका बिबिध प्रश्नहरुमा अन्तरक्रिय गरेकी थिइन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...