सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौं- पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् ।
अहिलेसम्म एक लाख ३१ हजार २२२ जना निको भएका छन् ।
निको हुने दर ७६.९ प्रतिशत रहेको छ ।
सङ्क्रमितमध्ये नौ सय ७६ महिला र एक हजार ५३२ पुरुष रहेका छन् ।
आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमण हुनेको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ भने सक्रिय सङ्क्रमित ३८ हजार ५८४ पुगेका छन् ।
काठमाडौमा उपत्यकामा आज एक हजार ३५७ जना सङ्क्रमित देखिएका छन् ।
यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा नौ जना, वागमति प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा तीन जना, लुम्बिनी प्रदेशमा चार जना र सूदुरपश्चिम प्रदेशमा एक जना उपचार गराइरहेका छन ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व) दाङ, रुपन्देही र कैलाली छन् । शून्य सङ्क्रमित भएका जिल्लामा मुस्ताङ, मनाङ र बाजुरा रहेका छन् ।
यसैगरी आज १७ जनाको सङ्क्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म ९३७ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमणबाट निधन हुने कुल सङ्क्रमितको ०.५ प्रतिशत रहेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...