बञ्जीजम्पको औपाचरिक शुरुआत

बलेवा- कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले शनिवारदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ ।
पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५०० मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालन भएका हुन् ।
शनिवार द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले आँफै हामफालेर बञ्जी जम्पको औपचरिक शुरुआत गर्नुभएको हो ।
पुलसँगै रिसोर्ट पनि सञ्चालनमा आएको छ ।
अन्य साहसिक खेलहरु पनि आजैदेखि शुरु भएको कार्कीले बताउनु भयो ।
५२५ मिटर लामो झोलुङ्गे पुलबीचमा कालीगण्डकी नदीको ठिकमाथि बञ्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ ।
खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात् ७४८ फिट छ ।
हाल विश्वकै अग्लो बञ्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ ।
द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै विश्वकै दोस्रो अग्लो बञ्जीका रुपमा दर्ज गर्नेछ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो ।
बञ्जी र स्वीङ दुबैको मूल्य सात हजार रुपैयाँ तोकिएको छ ।
औपाचरिक शुरुआतसँगै सर्वसाधारणले समेत यहाँ साहसिक खेलमा सहभागी हुन पाउने छन् ।
रिसोर्टसहित २० करोड रुपैयाँ लगानी रहेको यो पुलले बाग्लुङको पर्यटन प्रवद्र्धनमा परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...