२४ घण्टामा थपिए २९ सय ३३ जना नयाँ संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २९ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा ३ हजार १ सय ५० जना संक्रमणमुक्त भएका छन् ।

यो अवधिमा २४ जना मानिसहरुले संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

यसका साथै नेपालमा हालसम्म १ लाख ७६ हजार ५ सय जनामा संक्रमण पुुष्टि भएको छ ।

यतिबेला देशमा ३७ हजार ५ सय २४ जना सक्रिय संक्रमितहरु छन् ।

नेपालमा आजसम्म १ लाख ३७ हजार ९ सय ९२ जना संक्रमणमुक्त भएका छन् ।

यसबाहेक नेपालमा आजसम्म ९ सय ८४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।