सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन

काठमाडौं- सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो ।
यही असोज १५ गते सर्वोच्च अदालतबाट निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउनु भन्ने विषयमा पुनरावलोकन निवेदन दर्ता भएको सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को गत असोज १९ गते बसेको बैठकले आर्थिक रुपमा विपन्न, अशक्त,असहाय अवस्थामा रहेका नागरिक, एकल महिलालाई सरकारले निःशुल्क रुपमा उपचार गर्ने र सरकारले कोरोना बिमा गरेको व्यक्तिलाई सोही बिमाबाट गर्ने निर्णय गरेको उल्लेख छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रु एक लाख कोरोना बीमाको व्यवस्था गरिएको हुँदा सोहीबाट उपचार खर्च गर्नुपर्ने निवेदनमा छ ।
आकस्मिक सेवाबाट नागरिकलाई वञ्चित नगराउने उद्देश्यले सातै प्रदेशका १५ वटा अस्पतालबाट सेवा प्रदान गर्न लागेको र अन्य खालका बिरामीलाई पनि राज्यले हेनुपर्ने हुँनाले त्यसतर्फ ध्यान दिएको उल्लेख छ ।
उक्त निवेदनमा पुनरावलोकन अनुमति हुने वा नहुने विषयमा अदालतमा आदेशपछि तय हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...