भारतीय सेना प्रमुख नरवाने आज आउँदै

काठमाडौं- भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवाने तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल आउन लागेका हुन् ।
नरवाने बुधबार अपरान्ह भारतीय सेनाको विशेष विमानमार्फत नेपाल आउने छन् ।
बुधबार उनको औपचारिक कार्यक्रम छैन ।
उनी होटल सोल्टीमा बस्नेछन् ।
उनको भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले मंगलबार सुरक्षा जाँचमा कडाइ गरेको छ ।
मंगलबार दिउँसो सुरक्षा निकायबीच छलफलसमेत भएको थियो ।
नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपाली सेनाको मानार्थ प्रधानसेनापति (महारथी) को दर्जा प्रदान गर्ने छिन् ।
नेपाल र भारतका सेनाले एक-अर्काका सेनापतिलाई मानार्थ सेना प्रमुखको दर्जा दिने परम्परा छ ।
नरवाने शुक्रबार भारत फर्कनेछन् ।
यसैबीच नरवानेले आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्। मंगलबार भारतीय न्युज एजेन्सी (एएनआई) ले सार्वजनिक गरेको छोटो भिडियो सन्देशमा यो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई मजबुत बनाउन लामो बाटो तय गर्ने नरवानेले बताएका छन्।
थप सामग्री : https://www.himalkhabar.com/news/120098
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...