जो बाइडेनको जीत सुनिश्चित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

वासिङ्टन– अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् ।

विस्कन्सिन र मिसिगन राज्यको नतिजा आफ्नो पक्षमा पारेपछि बाइडेनको अग्रता लिएका हुन् ।

१६ इलेक्टोरल मत रहेको मिसिगन राज्यमा बाइडेन विजयी हुने प्रक्षेपण प्रमुख सञ्चारमाध्यमहरुले गरेका छन् ।

यससँगै बाइडेनको इलेक्टोरल मत २६४ पुगेको छ भने डोनाल्ड ट्रम्पसँग २१४ मत छ ।

बाइडेनले झिनो अग्रता लिएको नेभाडा राज्यको नतिजा आफ्नो पक्षमा पारे भने उनको जित सुनिश्चित छ।

पेन्सलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया र अलास्कामा ट्रम्पको अग्रता छ ।

तर, यी सबै स्थानको नतिजा ट्रम्पको पक्षमा आउँदा पनि उनको जितको सम्भावना कम हुँदै गएको छ।

नतिजा आफ्नो विपक्षमा आउने निश्चित हुन लागेसँगै ट्रम्प मतगणना प्रक्रिया रोक्ने प्रयासमा लागेका छन् ।

उनले मिसिगन राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।

कतिपय स्थानमा ट्रम्प समर्थकले मतगणना स्थलमा अवरोधको प्रयास समेत गरेका छन् ।

बाइडेनले भने एकताको आह्वान गरेका छन् ।

डेलावेयरबाट बोल्दै उनले आफूलाई मत दिने र नदिने दुवैमा कुनै भेद नगर्ने बताएका छन्

उनले आफूले डेमोक्रेटिक नभई अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताए ।