नव-निर्वाचित अमेरिकी राष्ट्रपतिलाई अष्ट्रेलियन प्रधानमन्त्रीको बधाई तथा शुभकामना !

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

गत 3 नोभेम्बरका दिन सम्पन्न राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन सयुक्त राज्य अमेरिकाको ४६औ राष्ट्रपतिमा निर्वाचित भएका छन् भने उपराष्ट्रपतिमा कमला ह्यारिस बिजयी भएकी छन् । कमला अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपति हुन् ।
अष्ट्रेलियाका प्रधानमन्त्रि स्कट मोरिसनले निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिदै उनको आगामी कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेकाछन् ।
राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवस्यक २७० इलेक्टोरल कलेज मत चाहिनेमा पेन्सलभेनिया राज्यको मतपरिणाम आएसँगै बाइडेनले जितकालागि आवश्यक २ सय ७० इलेक्टोरल प्राप्त गरेको निश्चत भएको हो ।
प्रधानमन्त्रि मोरिसनले २०१६ मा तत्कालिन उपराष्ट्रपति बाइडेनको अष्ट्रेलिया भ्रमणको स्मरण गर्दै उनि अष्ट्रेलियाका एक असल मित्रपनि भएको उल्लेख गरेका छन् ।
अष्ट्रेलिया–अमेरिका पारस्परिक सम्बन्ध लामो समयदेखि प्रजातान्त्रिक मूल्य मन्यता, अन्तर्राष्ट्रिय नियम कानुन, मानव अधिकार, स्वतन्त्रता, समानता तथा बिबिधतामा आधारित रहेको बताइएको छ ।
कोभिड-१९ महाममारीका कारण आज विश्वले स्वास्थ्य र आर्थिक क्षेत्रमा व्यापक चुनौतीहरुको सामना गर्नुपरेको छ । यस्ता चुनौतीहरुको सामना गर्न, इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति, सम्वृद्धि र स्थिरता कायम गर्न एउटा सबल अमेरिकी नेतृत्व अतिनै महत्वपूर्ण भएको प्रधानमन्त्री मोरिशनले आफ्नो बक्तब्य ब्यक्त गरेका छन् ।
जितका लागि महत्त्वपूर्ण मानिएको पेन्सलभेनियाको मतपरिणाम आएसँगै बाइडेनले जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट प्राप्त गरेका हुन्, अन्य केहि राज्यहरु को मतगणना निरन्तर छ ।
आफ्नो जित सुनिस्चित भए लगत्तै बाइडेनले ट्वीटर मार्फत आफूलाई अमेरिकी जनताले नेतृत्वको जिम्मेवारी दिएर आफु सम्मानित भएको ब्यक्त गरेका थिए । उनले आफूलाई भोट दिने र नदिने सबै अमेरिकी जनताको राष्ट्रपतिका रूपमा काम गर्ने पनि उनले उल्लेख गरेका छन् ।
यो निर्वाचनमा सन् १९०० पछिका राष्ट्रपति चुनवमा सबैभन्दा बढी मतदान भएको बताइएको छ । राष्ट्रपतिमा विजयी बाइडेनले यो निर्वाचनमा ७ करोडभन्दा बढी भोट प्राप्त गरिसकेको र यसअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यति धेरै भोट नपाएको जनाइएको छ ।
रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति ट्रम्पले भने सक्कली मत ले आफु बिजयी भएको, बाइडेनको पक्ष मा निर्वाचन मा धाधली गरिएको भन्दै निर्वाचन परिणाम स्वीकार गरेका छैनन्। उनले आफू पराजित भएमा कानुनी लडाइका लागि अदालत जाने चेतावनी समेत दिएका ट्रंप को राज्यहरुमा परेको निवेदन खारेज भैसकेको छ ।