नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ८१७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ ।

हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् ।

पछिल्लो चौबीस घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।