राणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित

टेक्सस- संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति (सिइडिएडब्ल्यु)मा महिला अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित हुनुभएको छ ।
सिइडिएडब्ल्यको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल ( सन् २०१७– २०२० )मा राणा उपाध्यक्षका रुपमा कार्यरत रहनुभएको छ ।
समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र उपाध्यक्ष चयन गरिने प्रावधान छ ।
नेपालका तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवारी दिइएकामा १३७ मत उहाँलाई परेको थियो ।
तेइस सदस्यीय समितिका ११ पदमा यस पटक निर्वाचन भएको हो जसमा १९ देशका प्रतिनिधिको उम्मेदवारी परेको थियो ।
एक सय ८९ देशले मतदान गर्न पाउने समितिमा यस पटक १८८ देशले मतदान गरेका थिए ।
राणा अब समितिको सन् २०२१ देखि २०२४ सम्मका लागि सदस्यमा निर्वाचित हुनुभएको छ ।
समितिको २१ औंँ बैठकले ११ जनालाई निर्वाचित गरेको हो ।
राष्ट्र संघका लागि नेपालको स्थायी नियोग कार्यालयले जानकारी गराएअनुसार नेपालसँगै नेदरल्याण्ड्स, बहामस, लिथुनिया, घाना, अष्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीन निर्वाचित भएका छन् ।
समितिमा नेपालको जीतपछि राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले सरोकार पक्ष सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्ष एवं सञ्चार तथा अधिकारकर्मी राणाले राष्ट्र संघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा पनि सदस्यका रुपमा काम गरिरहनुभएको छ ।
सिइडिएडब्ल्युमा नेपालका तर्फबाट सदस्यमा निर्वाचित भए पनि राणाले स्वतन्त्र विज्ञका रुपमा काम गर्नुपर्ने हुन्छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



