थपिए दुई हजार १११ सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं – नेपालमा कोरोना भाइरसका दुई हजार १११ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा दुई हजार १११ जना सङ्क्रमित थपिएको र तीन हजार ५३७ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख छ हजार ३५३ पुगेको जनाएको छ ।

हाल ३७ हजार २२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

हालसम्म एक लाख ६८ हजार १२९ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालसम्म पन्ध्र लाख ९३ हजार ८५० जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।

पछिल्लो चौबीस घण्टामा करीब दश हजार जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या एक हजार २०२ पुगेको छ ।