परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौं – पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ३ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको छ ।
तीमध्ये २०४ जना महिला र २९८ जना पुरुष रहेका छन् ।
सोमबार ४ हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो ।
नयाँ सङ्क्रमितसहित अहिलेसम्म २ लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् ।
यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन् ।
मंगलबार देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् ।
तिमध्ये १४६ जना महिला र १९३ जना पुरुष छन् ।
प्रदेश नं १ मा आठ, प्रदेश नं २ मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८, लुम्बिनीमा ६७ र सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको छ ।
यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा र ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आइसियुमा प्रदेश नं १ मा ४३, प्रदेश नं २ मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ र सुदूरपश्चिमा पाँच जना उपचाररत छन् ।
भेन्टिलेटरमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार र सुदूरपश्चिमा एक जना उपचाररत छन् ।
२,८७८ निको
त्यस्तै मंगलबार २ हजार ८७८ जना सङ्क्रमित निको भई घर फर्किएका छन । अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ८४.८ प्रतिशत रहेको छ ।
१७ को निधन
मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको छ ।
अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको छ । यस्तै २८ हजार २०७ जना होम आइसोलेसन र एक हजार ३ जना क्वारेन्टिनमा छन् ।
शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



