धुलिखेलमा पर्यटन प्रवद्र्धन गर्न पहल

धुलिखेल- कोभिड–१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले हालै विशेष प्याकेजको व्यवस्था गरेका छन् ।
होटल सङ्घ नेपाल (हान) काभ्रेपलाञ्चोकले कोरोना कहरको अवस्थामा पर्यटन प्रवद्र्धन गर्न तीन प्याकेजको घोषणासमेत गरेको छ ।
सङ्घले कोरोना सङ्क्रमणको अवस्थामै सरकारले तोकेको स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटनलाई पुरानै लयमा फर्काउन विशेष प्याकेज ल्याइएको जनाएको छ ।
“स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई पर्यटकको सेवामा विशेष प्याकेजसहित तल्लीन छौँ, पर्यटन क्षेत्रले व्यहोर्नुपरेको क्षति न्यूनीकरणलाई प्याकेजले राहत दिलाउने अपेक्षा गरेका छौँ”, सङ्घका काभ्रेपलाञ्चोक अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले भन्नुभयो । सङ्घले विशेषगरी धुलिखेल घुम्न आउने दम्पतीलाई लक्षित गर्दै सस्तो प्याकेजसमेत ल्याएको उहाँले बताउनुभयो ।
सङ्घले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुईखाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको जनाएको छ ।
सङ्घका अनुसार पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको छ ।
उहाँले ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य चियाले स्वागत गरिनेछ भने सोही साँझ धुलिखेलको लखनडबलीमा विशेष लाखेनाच देखाइने छ ।
प्याकेजको दोस्रो दिन बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवीको दर्शन तथा शान्तिवनस्थित बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपछि होटलमा फर्की ब्रेकफास्ट गराइने छ । दिउँसोको खानापछि होटल छाड्नुपर्नेछ ।
दोस्रो प्याकेजमा ‘फिलिङ सुरपरम्यान’ अर्थात् पर्यटकलाई आउनेबित्तिकै चिया र सामान्य खाजाले स्वागत गरिनेछ भने साँझ ‘क्याम्प फायर’सहित खानाको व्यवस्था गरिनेछ ।
भोलिपल्ट बिहान चिया वा कफीपछि हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको कालीदेवी मन्दिर तथा शान्ति वनमा रहेको बुद्ध मूर्तिको अवलोकन गराइनेछ । यसपश्चात होटलमा ब्रेकफास्टपछि साहसिक जिपलाइन खेलका लागि लगिनेछ ।
साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखेनाचका साथै नेवारी सांस्कृतिक धुनको मनोरञ्जन दिलाइनेछ ।
तेस्रो प्याकेजमा हालैमा प्रचारमा आएको रोशी गाउँपालिकास्थित ‘तीनधारे झरना’ प्याकेजअन्तर्गत पर्यटकलाई चिया र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखेनाच देखाइने र भोलिपल्ट बिहानको ब्रेकफास्टपछि तीनधारे झरनाको यात्रातर्फ लगिनेछ ।
तीनधारे झरनास्थलमै लन्च प्याक व्यवस्था गरिएकाले पर्यटकले एक प्रकारको मिनी पिकनिकको आनन्द लिन सक्नेछन् । झरनाको अवलोकन गरेर फर्केपछि उक्त रात होटलमा बास बस्ने र भोलिपल्ट बिहान ब्रेकफास्टपछि होटल छोड्नुपर्ने योजना बनाइएको छ ।
सङ्घ अध्यक्ष श्रेष्ठले प्याकेज घोषणापश्चात धुलिखेलमा पर्यटकको चहलपहल दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो । “पहिलेकै अवस्थासम्म ल्याउन नसके पनि पर्यटन व्यवसाय बचाइराख्न पनि सङ्घले कदम चालेको हो”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार सङ्घले कल्चर एण्ड नेचर प्याकेजमा रु चार हजार ५०० देखि १० हजार, फिलिङ सुपरम्यान प्याकेजमा रु १० हजार ५०० देखि रु २० हजार र तीनधारे झरना प्याकेजमा रु १२ हजारदेखि रु २२ हजारसम्मको प्याकेज घोषणा गरिसकेको छ । साना–ठूला गरी धुलिखेलमा मात्रै करिब १०० होटल छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...



