नेपालमा थप दुई हजार १०३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ ।
पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् ।
योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ ।
निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।
अहिले देशभर २८ हजार १०६ सक्रिय सङ्क्रमित छन् ।
देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् ।
सङ्क्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
जसमा ५१३ महिला र ७१६ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा १२ हजार ४४१, ललितपुरमा दुई हजार २४४ र भक्तपुरमा ९८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म काठमाडौँ उपत्यकाकै सबैभन्दा बढी काठमाडौँ ३१२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...