२४ घण्टामा १६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा देशमा १६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १६ जनाको निधन भएको छ ।

नेपालमा आज सम्ममा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भैसकेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सम्ममा १ लाख ९९ हजार २४ जना संक्रमणमुक्त भैसकेका छन् ।

त्यस्तै संक्रमणकै कारण हालसम्म देशमा १३ सय २१ जनाले ज्यान गुमाइसकेका छन् ।