पछिल्लो २४ घण्टामा थपिए १९८० संक्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ ।

यो सँगै सक्रिय सङ्क्रमित संख्या १८ हजार ८८४ रहेका छन् ।

दश हजार ३८१ आरटी पीसीआर परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ४३ जना निको भएका जानकारी छ ।

निको हुनेको संख्या दुई लाख दुई हजार ६७ जना रहेको बताउनुभयो ।

नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९० दशमलव ९० प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।