एनआरएनए अष्ट्रेलियाको बार्षिक साधारण सभा २९ नोभेम्बरमा

 सोहि दिन एकेडेमिक एक्सीलेन्स एवार्ड घोषणा हुने, आबेदनको लागि समय थप
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

एनआरएनएअष्ट्रेलियाको बार्षिक साधारण सभा आउने २९ नोभेम्बरमा हुने भएको छ ।  कोभिडका कारण हुने साधारण सभा जुम मार्फत हुने एनआरएनए अष्ट्रेलियाले जनाएको छ। बिहान १० बजेबाट शुरु हुने उक्त जुम सभामा सहभागी हुन संस्थाले सम्पूर्ण पदाधिकारी सहित साधारण सदस्यहरु सबैलाई अनुरोध गरेको छ। एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलका अनुसार सबै पदाधिकारीहरु र साधारण सदस्यहरु लाई इमेल मार्फत निमन्त्रणा र जुम लिंक पठाईनेछ सोहि लिंक फलो गरि साधारण सभामा सहभागी हुने सकिनेछ । उक्त दिन  एकेडेमिक एक्सीलेन्स एवार्ड घोषणा हुने भएका कारण पनि साधारण सभाको उद्घाटन र एक्सीलेन्स एवार्ड घोषणा कार्यक्रममा सहभागी हुन सबैलाई सहभागिताको अनुरोध सहित खुल्ला निमन्त्रणा गरिएको पनि अध्यक्ष कडेलले बताए।
यसरि नै एनआरएनए अष्ट्रेलियाले आह्वान गरेको एकेडेमिक एक्सीलेन्स एवार्डका लागि आवेदन दिन समय आउने २६ नोभेम्बर रातको ११.५९ सम्म थप गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।  बिभिन्न ६ वटा विधामा आह्वान गरिएको उक्त एक्सीलेन्स एवार्ड आबेदनको लागि एनआरएनए अष्ट्रेलियाको वेब साईट  www.nrn.org.au    गइ फर्म डाउनलोड गरि awards@nrn.org.au मा तोकिएको समय सम्म पठाउन सकिनेछ। अवार्ड सम्बन्धि सम्पूर्ण जानकरी वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।