नेपालमा थप १७ सय ९० जनामा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा १७ सय ९० जनामा संक्रमित पुष्टि भएका छन् ।

योसंग नेपालमा हालसम्म २ लाख २४ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यतिबेला देशमा सक्रिय संक्रमितहरुको संख्या १७ हजार ८ सय ५९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा २७ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म २ लाख ४८ सय ५८ जना संक्रमणमुक्त भैसकेका छन् ।

यो अवधिमा संक्रमणका कारण २४ जनाको निधन भएको छ ।

योसंगै नेपालमा हालसम्म संक्रमणबाट १३ सय ६१ जनाको निधन भैसकेको छ ।