दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं – नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ ।
नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगलाले आपसी सहमतिमै दुई देशबीच देखिएको समस्या हल हुने बताएका छन् ।
विदेश सचिवस्तरीय बैठक सकेर बाहिरिने क्रममा भारतीय विदेश सचिव शृंगलाले छलफल एकदमै राम्रो भएको र दुई देशको समस्या समाधान गर्ने विषयमा केन्द्रित रहेको बताए ।
‘वार्ता एकदमै उपलब्धिमूलक भयो,’ उनले भने, ‘वार्ताका एजेन्डा बृहत् रहेको छ ।’ उनले बैठकमा आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा छलफल भएको जानकारी दिए ।
त्यस्तै भारतीय दूतावासले दुवै पक्षको थुप्रै द्विपक्षीय पहल र परियोजनामा भएको प्रगतिको सराहना गरेको जनाएको छ ।
‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति पनि भयो,’ दूतावासले भनेको छ ।
एक वर्षको अन्तरालपछि नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो ।
सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व शृंगलाले गरेका थिए ।
सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए ।
साथै विदेशसचिव शृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए ।
बैठकपछि राजनीतिक भेटघाटमा केन्द्रित
विदेश सचिवस्तरीय बैठकपछि भारतीय विदेश सचिव शृंगलाले राजनीतिक भेटघाट गरेका छन् ।
उनले बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
विदेश सचिव शृंगलाले प्रधानमन्त्री ओलीसँग भेट गर्दै नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनले प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री मोदीको सन्देश सुनाउनुका साथै दुवै देशबीच भएको तिक्तता हटाउने र सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताएको बालुवाटार स्रोतले जानकारी दियो ।
साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटमा भारतीय समकक्षी एस जयशंकरको सन्देश सुनाए ।
शृंगलाले नेपाल र भारतको संयुक्त आयोगको बैठक बोलाउने विषयमा पनि छलफल केन्द्रित गरे ।
उनले भेटको क्रममा भारत कोरोना भाइरसका लागि उपयोगी २ हजार थान रेमडेभिसर इन्जेक्सन परराष्टमन्त्री ज्ञवालीलाई हस्तान्तरण गरे ।
उनले सो भेटमा भारतले कोभिड १९ को भ्याक्सिन उत्पादन गर्नेबित्तिकै नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै नेपाल र भारतको संयुक्त आयोगको बैठकको विषयमा पनि छलफल केन्द्रित भएको छ ।
सो बैठकको आयोजना अर्को महिना भारतले गर्ने तयारी गरेको छ ।
सो बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भाग लिने र हाल विवादमा रहेको लिपुलेक र लिम्पियाधुराको सीमा विवादको विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले पछिल्लो १९...

काठमाडौं– नयाँ नेपाली फिल्म ‘कार्की साईँला’ को सोमवार बिहान कोटेश्वरको महादेवस्थानमा...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...