नेपालमा सक्रिय सक्रमितको संख्या घट्दै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– विगत १० दिनको अवधिमा नेपालका सात वटै प्रदेशमा सकृय संक्रमितको सख्या घटेको छ ।

सात प्रदेशमा सकृय संक्रमितको सख्या ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।

मंसिर २ गते प्रदेश नंम्बर १ मा सकृय संक्रमितको सख्या तीन हजार ४८१ जना रहेकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ६६२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसअघि नै मंसिर लागेसँगै कोरोना संक्रमणको दर कम हुने बताउनु भएको थियो ।

१० दिनमा कोरोना संक्रमणको दर हेर्ने हो भने प्रदेश १ मा ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ ।

प्रदेश नं १ मा मंसिर २ गते झापामा सकृय संक्रमित ७९५ जना रहेकोमा त्यो घटेर ५६६ जनामा आएको छ ।

मोरङमा एक हजार २९३ जना सृकय संक्रमितको सख्या घटेर ४३४ मा झरेको छ ।

यो जिल्ला कुनै समय कोरोनाको हटस्टपको रुपमा देखिएको थियो ।

त्यस्तै ९२३ जना सकृय संक्रमित रहेको सुनसरीमा १० दिनको बिचमा संख्या घटेर ३४० जनामा आएको छ ।

प्रदेश नं २ ले कोरोना संक्रमणलाई नियन्त्रण लिने प्रयासमा छ ।

कुनै समय नेपालकै सबैभन्दा धेरै संक्रमित रहेको यो प्रदेशमा मंसिर २ गते ७१९ सकृय संक्रमित रहेकोमा मंसिर ११ आइपुग्दा ३४३ जनामा झरेको छ ।

यो निक्कै राम्रो सन्देश रहेको सहप्रवक्ता डा.अधिकारीले बताउनु भयो ।

कोरोनाको हटस्पट बन्दै ठूलो समस्याको रुपमा देखिएको बागमती प्रदेशले पनि संकृय संक्रमितको संख्या घटाएको छ ।

मंसिर २ गतेसम्म यो प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवनमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेकोमा मंसिर ११ गते संख्यामा कमी आएको छ ।

मंसिर २ र ११ गतेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तंथ्याङ्गलाई विश्लेषण गर्दा यो प्रदेशमा आठ हजार १५८ जना संक्रमित निको भएका छन् ।

यो प्रदेशको काठमाडौं,भक्तपुर र ललितपुरमा मात्रै सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ ।

कुनै समय गण्डकी प्रदेशका केही जिल्ला बाहेक धेरै जिल्लामा संकृय संक्रमितहरुको संख्या ह्वात्तै बढेको थियो ।

तर मंसिर २ गते र मंसिर ११ गतेको बिचमा यो प्रदेशमा एक हजार ३९९ संक्रमितले कोरोनालाई परास्त गरेका छन् ।

यो प्रदेशमा मंसिर २ गते सकृय संक्रमितको सख्या तीन हजार २३ रहेकोमा अहिले त्यो संख्या घटेर एक हजार ६२४ जना सकृय संक्रमित छन् ।

यो प्रदेशमा कास्कीका मात्रै पाँच सयभन्दा धेरै सकृय संक्रमित छन् ।

मंसिर २ गते प्रदेश नं ५ का दाङ, पाल्पा र रुपन्देहीमा सकृय संक्रमितको सख्या पाँचसयभन्दा धेरै थियो ।

तिहारपछि एक्कासि सबै जिल्लाहरुमा संक्रमणको दर घटेको हो ।

यो प्रदेशका कुनै पनि जिल्लामा सकृय संक्रमितको संख्या पाँच सयभन्दा कम छ ।

यो प्रदेशमा दश दिनअघि सकृय सक्रमितहरु तीन हजार ३७९ रहेकोमा त्यो संख्या घटेर एक हजार ६०७ रहेको हो ।

कर्णाली प्रदेशले कोरोना परास्त गर्ने क्रममा छ ।

दश दिनअघि तीन अंकमा रहेको कोरोना संक्रमणको दर अहिले घटेर दुई अंकमा झरेको छ ।

दशदिनअघि २२० सकृय संक्रमित रहेको यो प्रदेशमा कुल संक्रमितको संख्या ८० मा झरेको हो ।

सुदुरपश्चिम प्रदेशले पनि सकृय संक्रमितको संख्यामा निकै सुधार गरेको छ ।

मंसिर २ गते एक हजार ४९ सकृय संक्रमित देखिएको यो प्रदेशमा मंसिर ११ गते सकृय संक्रमितको संख्या ५१० जनामा झरेको छ ।

मंसिर २ गते सकृय संक्रमितको संख्या ३० हजार ९८६ रहेकोमा मंसिर ११ गते त्यो सख्या १६ हजार ७९३ मा झरेको छ ।

मृत्यु हुने संख्यामा भने बृद्धि भएको छ ।

मंसिर २ गते एक हजार २४७ जनाको मृत्यु भएकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ४१२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता अधिकारीले देशव्यापि रुपमा संक्रमितको संख्यामा कमी आएको जस्तो ट्रेन देखिए पनि अहिले नै यसबारे बोल्न हतार गर्न नहुने बताउनुभयो ।

जाडोको समयमा कोरोनाको जोखिम उच्च रहने भएकाले कोरोना संक्रमितको संख्यामा बृद्धि हुनसक्ने उहाँले बताउनुभयो ।

‘हामी सबैले सामाजिक दूरी कायम गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने बारे सबैले ध्यान दिनु आवश्यक छ ’ उहाँले गोरखपत्रसंग भन्नु भएको छ ।