२४ घण्टामा १२ सय ५५ जनामा संक्रमण पुष्टि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा हालसम्म २ लाख ३१ हजार ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

यतिबेला नेपालमा १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार यो अवधिमा १४ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जनाको निधन भएको छ ।

नेपालमा हालसम्म १४ सय ७९ जनाले संक्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।