यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन

लण्डन – कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ ।
योसंगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ ।
हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।
यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ ।
तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...