थप एक हजार ३०४ मा कोरोना पुष्टि

काठमाडौं- नेपालमा आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ५८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६३३ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँ उत्यकामा थप ५३० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ६५६ पुगेको छ ।
आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...