अन्नपूर्ण स्पोर्ट्स क्लबको जर्शी बितरण: NAYA ले गर्यो आर्थिक सहयोग 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, मंसिर १७, २०७७
सिड्नी, अष्ट्रेलिया | नेपालीहरु को ठुलो संख्यामा बसोबास रहेको सिड्नीको ब्ल्याकटाउन र वरपरका क्षेत्रमा बसोबास गर्ने करिब २ दर्जन नेपाली मुलका बाबु नानिहरु लाई फुटबल (सकर) को अभ्यास गराउदै आएको अन्नपूर्ण स्पोर्ट्स क्लबले गत महिना आफ्नो साधारण सभा सम्पन्न गरेको थियो । साधारण सभा कै निर्णय अनुसार बाबु-नानीहरु लाई नयाँ जर्शी एबम यहाँ रहेका अन्य संघ संस्था संग समन्यवय गराउने क्रममा हालै जर्शी वितरण र नेप्लिज अष्ट्रेलियन युथ एसोसियसन (NAYA) संग समन्यव गर्ने कार्यक्रम सम्पन्न भएको छ।
ब्ल्याकटाउन सिटि काउन्सिलका काउन्सिलर सुसाइ बेन्जामिनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाले अन्नपूर्ण स्पोर्ट्स क्लबलाई पांच सय डलरको नगद सहयोग प्रदान गरेको छ।  सहयोग हस्तान्तरण कार्यक्रममा नया का बर्तमान अध्यक्ष प्रकाश अर्याल, निबर्तमान अध्यक्ष प्रकाश खरेल र पुर्ब एबम संस्थापक अध्यक्ष कोमल पाठक, ब्ल्याकटाउन नेपालि समाजका अध्यक्ष सिताराम घिमिरे, कल्बका अभिभाबकहरु को उपस्थीत थियो । कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै बर्तमान अध्यक्ष प्रकाश अर्यालले NAYA ले अष्ट्रेलियामा रहेका नेपाली मुलका दोश्रो जेनेरासनका बाबु-नानिहरु लाई खेल र अन्य प्रतिभा अभिबृद्दि गर्न बाल प्रतिभा चयन लगाएत बिभिन्न माध्यामबाट सहयोग गरेको स्मरण गर्दै अन्नपूर्ण स्पोर्ट्स क्लबलाई गरेको यो सहयोगले पनि बाबु-नानीका लागि आबश्यक सामग्री एबम बृद्दि बिकाशमा सहयोग हुने बिश्वास व्यक्त गरे । यसरि नै भोलिका दिनमा पनि अन्नपूर्ण स्पोर्ट्स क्लबसंग बिभिन्न कार्यक्रमहरुमा समन्वय गर्न पनि NAYA तयार रहेको अर्यालले बताए । यसै गरि NAYAका संस्थापक अध्यक्ष एबम एनआरएनए अष्ट्रेलियाका पब्लिक अफिसर कोमल पाठकले नयाले बिभिन्न समयमा गरेको सहयोगको प्रसंशा गर्दै दोश्रो पुस्ताका बाबु-नानीहरु लाई एनआरएनले के कस्ता सहयोग गर्न सक्छ त्यस बिषयमा पनि अभिभाबकहरु संग संस्था छलफल गर्न सधै तयार रहेको बताए।
कार्यक्रममा खेलाडीहरु लाई खेलकुद सामग्री बतरण गर्ने क्रममा अतिथि काउन्सिलर सुसाइ बेन्जामिनले अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायका यी बाबु-नानिहरु भोलिका अष्ट्रेलियाको भबिश्य, भोलिका अष्ट्रेलियाका राष्ट्रिय खेलाडी हुने सम्बभावाना बोकेका प्रतिभाहरु भएको उल्लेख गर्दै संस्थागत किसिमले क्लब बनाएर उनिहरु लाई खेल र स्वस्थ जीवनमा अभिरुचि जगाउन भूमिका खेल्ने क्लब पदाधिकारीहरु र अभिभाबकहरु लाई धन्यबाद दिए ।  त्यसै गरि बेन्जामिनले भोलिका दिनमा काउन्सिल संग रहेका साधन र श्रोतबाट क्लब कसरि लाभान्वित हुन्छ त्यसको लागि आफु सधै सहयोग गर्न तयार रहेको बताए।
कल्बका पब्लिक अफिसर सुबाश सापकोटाले संचालन गरेको सो कार्यक्रममा क्लबको तर्फबाट महेन्द्र कुमार लम्सालले अतिथि एबम उपस्थिति सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रम तयारी र संयोजनमा क्लबका कोच बासु रायमाझी,क्लबका पदाधिकारी बिशाल भण्डारी, शोभा महर्जन, समिश शर्मा, भेष थापा, सुबांश शाह, सुबोध सापकोटा, दिपेन्द्र काफ्ले, प्रायोजकहरु लागाएत सबैको सहयोगको पब्लिक अफिसर सुबाश सापकोटाले प्रशंसा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।