बेलायतमा कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि अनुमति
लण्डन- बेलायतमा अर्काे हप्तादेखि कोभिड-१९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ ।
पिफाइजर–बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो ।
यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ ।
यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न पाउने बाटो खुलेको छ ।
सरकारले आगामी हप्ता यो खोपको सेवा दिने भएको बेलायतले जनाएको छ ।
बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेकोले बेलायत कोरोना विरुद्धको खोपमा अनुमति पाएको पहिलो देश बनेको हो ।
यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो ।
परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।
समाचारमा जनाइएअनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो ।
आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताका अनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।
उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने बताउनुभएको छ ।
उहाँले आज आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो ।
उहाँले यसबाट बेलायतलाई खुशी लागेको पनि बताउनुभएको छ ।
उहाँले बेलायतले यो खोपको निर्माण गर्दा निकै खुशी भएको बताउनुभएको छ ।
साथै उहाँले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताउनुभयो ।
यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्ने मात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताउनुभएको हो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...